FAQs Complain Problems

पञ्जीकरण शाखा

 “व्यक्तिगत घटनादर्ता” कार्य साथै नेपाल सरकारका अत्यन्त लोकप्रिय दुई ठूला कार्यक्रमहरु; सामाजिक सुरक्षाअन्तर्गत “नगद प्रवाह” र व्यक्तिहरुको डिजिटल पहिचान (Digital Identity) स्थापना गर्ने बहुउपयोगी “राष्ट्रिय परिचयपत्र” वितरण कार्य र देशका नागरिकहरुको पहिचान र हितमा सञ्चालित यी तिनै कार्यक्रमहरु कुनै न कुनै रुपमा अन्तरसम्बन्धित  छन् र हाल प्रविधिमा पनि आधारित छन् | नेपाल सरकार (माननीय गृह मन्त्रीस्तर) बाट मिति २०७६/०४/०८ मा स्वीकृत सामाजिक सुरक्षा तथा व्यक्तिगत घटनादर्ता प्रणाली सुदृढीकरण आयोजना सञ्चालन  गर्न  प्रत्येक स्थानीय तह  अन्तर्गत रहे को  सेवा  केन्द्र  लाई   पञ्जिकरण  शाखा   बुझिन्छ |

यस  शाखा बाट दिइने सेवा  हरु 

सामाजिक सुरक्षाः

मानिस सक्रिय जीवन यापन गरिरहेका बेलामा होस् या असक्त अवस्थामा होस उसका आधारभूत मानवीय आवश्यकताहरु पूरा हुने सुनिश्चितता हुनु नै सामाजिक सुरक्षा हो । त्यसैले सामाजिक सुरक्षा अत्यन्त बृहत अवधारणा हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट वितरण भैरहेको सामाजिक सुरक्षा भत्ता “सामाजिक सहयोग” अन्तर्गत “नगद प्रवाह” कार्यक्रम हो । लाभग्राहीले यस्तो भत्ता रकम बुझेकोमा कुनै पनि दायित्व बहन गर्नु नपर्ने भएकाले यो निःशर्त अनुदानको रुपमा रहेको छ । यस किसिमबाट प्रदान गरिंदै आएको सामाजिक सुरक्षा भत्ता देशैभरिका विभिन्न वर्गका लाभग्राही समूहहरुलाई धनी–गरीब, विशेष क्षेत्र आदिमा लक्षित नगरी समान रुपमा लागू गरिएकोले यो बढी सर्वव्यापी (Universal) प्रकृतिको छ । तर बालपोषण भत्ता भने आंशिक रुपमा गरिब लक्षित(Poverty targeting) गर्न खोजिएको छ । हाल नेपाल सरकारले देशभर मुख्य सातवटा लक्षित समुहहरुलाई विभिन्न दरमा भत्ता वितरण गरिरहेको छ । बृद्ध, दलित, अपाङ्ग, लोपोन्मुख, विधवा, एकल महिला र दलित तथा पिछडिएका क्षेत्रका बालबालिका जस्ता उच्च जोखिममा रहनसक्ने समुह प्रत्यक्ष लाभान्वित हुने कार्यक्रम भएकोले यो नेपाल सरकारको अत्यन्त लोकप्रिय कार्यक्रम पनि हो ।

व्यक्तिगत घटनादर्ता:

राज्यमा बसोबास गर्ने प्रत्येक व्यक्तिका महत्वपूर्ण व्यक्तिगत घटनाहरुलाई आधिकारिक रुपमा रेकर्ड राख्नुलाई व्यक्तिगत घटनादर्ता भनिन्छ । सबैजसो देशहरुले घटनादर्ताको सर्वमान्य सिद्धान्तअनुसार यसलाई स्थायी, अविच्छिन्न तथा अनिवार्य कार्यको रुपमा निरन्तरता दिइरहेका हुन्छन् । यद्यपी कस्ता कार्यलाई घटना मान्ने भन्ने विषयमा देशको आवश्यक्ताअनुसार फरक पर्ने सन्दर्भमा हाम्रो देशमा भने जन्म, मृत्यु, विवाह, बसाईंसराई र सम्बन्धविच्छेद गरी पाँच किसिमका घटनाहरुलाई लिइन्छ । यसअन्तर्गत सम्बन्धित कार्यालयहरुले रेकर्ड राख्ने, भण्डारण गर्ने, उपयोग तथा वितरणसम्बन्धी कार्यहरु गरिन्छ ।

नेपालमा व्यक्तिगत घटना दर्ता सम्बन्धमा “जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३” आएपछि २०३४ बैशाख १ गतेदेखि १० जिल्लाबाट शुरु गरी १७ चरणमा विस्तार गरिंदै २०४७ बैशाख १ बाट नेपालभर लागू भएको हो । 

राष्ट्रिय परिचयपत्र:

“राष्ट्रिय परिचयपत्र” व्यक्तिका परिचय प्रमाणिकरणको डिजिटल समाधान (digital solution) हो । डिजिटल विशेषता रहेकाले अहिलेको आधुनिक युगमा यसलाई सार्वजनिक सेवासँग अन्तरसम्बन्धित गराई विविध कामकालागि प्रयोगमा ल्याउन सकिने हुनाले यसको अत्यन्त महत्व रहेको छ । यसलाई सफलतापूर्वक आपनो देशमा लागू गराउने धेरै देशहरुको नीति रहेको छ भने कतिपय देशमा यसको सफल प्रयोग समेत भैरहेको छ । विना भेदभाव सबै नागरिकहरुले यस्तो डिजिटल परिचयपत्र प्राप्त गर्नु भनेको राष्ट्रिय समावेशीकरणलाई समेत टेवा पुर्याउनु हो |

        शैलेन्द्र कुमार सिंह
      एम.आई.एस.अपरेटर
  ईमेल:saiksingh@gmail.com
     फोन नं.9852850777

 

 

 

 

 

 

 

 

 

जन प्रतिनिधि