ताजा सूचना
वडा नं. २
लौनिया वडा नं. २ तिलाठी कोइलाडी गाउँपालिका लौनिया गाउँ मा रेको छ । वि.सं. २०७३ सालमा गाउँपालिका स्थापना भएसंगै साविक गा.वि.स. वडा नं. १ देखि ९ अन्तर्गत रहेको गाउँ टोल लौनिया पर्दछ । यस वडाको क्षेत्रफल ३.९३ वर्ग कि.मी रहेको छ । जनगणना २०६८ अनुसार यस वडामा ३८०८ जनसंख्या रहेको छ । यस वडाको उत्तर तर्फ राजविराज नगरपालिका वडा नं. १२ पश्चिम मा विष्णुपुर गाउँपालिका र राजगढ गाउँपालिका दक्षिण तर्फ कुनौली बोर्डर भंसार तथा पूर्व तर्फ वडा नं. ३ पर्दछ । यस वडामा एउटा स्वास्थ्य चौकी, एउटा आधारभूत विद्यालय र एउटा माध्यमिक विद्यालय संचालनमा रहेको छ । किनबेचका लागि यस वडा कार्यालय को प्राङ्गणमा हटिया लाग्ने गरेको छ । मठ मंदिरका रुपमा सिद्धिदात्री मन्दिर अवस्थित छ । यस वडामा हिन्दु मुस्लिम दुवै धर्म को बसोबास रहेको छ । यस वडामा मख्य तयाः मानिसहरु कृषिमा निर्भर