ताजा सूचना
वडा नं. १
तिलाठी वडा नं. १ तिलाठी कोइलाडी गाउँपालिका तिलाठी गाउँ पाठशाला प्राङ्गणमा छ । वि.सं. २०७३ सालमा गाउँपालिका स्थापना भएसंगै साविक गा.वि.स. वडा नं. १ देखि ९ अन्तर्गत रहेको गाउँ टोल तिलाठी र बेल्ही पर्दछ । यस वडाको क्षेत्रफल ३.५३ वर्ग कि.मी रहेको छ । जनगणना २०६८ अनुसार यस वडामा ४२२८ जनसंख्या रहेको छ । यस वडाको उत्तर तर्फ लौनिया वडा नं. २ र राजविराज नगरपालिका, पश्चिम मा छिन्नमस्ता गाउँपालिका र विष्णुपुर गाउँपालिका, दक्षिण तर्फ कुनौली बोर्डर भंसार तथा पूर्व तर्फ वडा नं. ३ पर्दछ । यस वडामा एउटा स्वास्थ्य चौकी, एउटा प्राथमिक विद्यालय र एउटा माध्यमिक विद्यालय संचालनमा रहेको छ । किनबेचका लागि बेल्ही भंसार प्राङ्गणमा हटिया लाग्ने गरेको छ । मठ मंदिरका रुपमा सरस्वती मन्दिर अवस्थित छ । यस वडामा ब्राहमण, यादव, मण्डल, कर्ण , ठाकुर चमार , मुस्लिम आदी समुदाय को बसोबास रहेको छ । यस वडामा मानिसहरु कृषिमा निर्भर छन् ।