ताजा सूचना
वडा नं. ३
सकरपुरा वडा नं. ३ तिलाठी कोइलाडी गाउँपालिका सकरपुरा गाउँ मा रेको छ । वि.सं. २०७३ सालमा गाउँपालिका स्थापना भएसंगै साविक गा.वि.स. वडा नं. १ देखि ९ अन्तर्गत रहेको गाउँ टोल सकरपुरा पर्दछ । यस वडाको क्षेत्रफल ३.६४ वर्ग कि.मी रहेको छ । जनगणना २०६८ अनुसार यस वडामा ५३५१ जनसंख्या रहेको छ । यस वडाको उत्तर तर्फ राजविराज नगरपालिका पश्चिम मा वडा नं. १ तिलाठी र छिन्नमस्ता गाउँपालिका दक्षिण तर्फ कुनौली बोर्डर भंसार तथा पूर्व तर्फ वडा नं. ४ र हनुमाननगर कंकालानी नगरपालिका पर्दछ । यस वडामा एउटा स्वास्थ्य चौकी, दुई वटा प्राथमिक विद्यालय र एउटा उच्चमाधमिक विद्यालय संचालनमा रहेको छ । किनबेचका लागि उग्रकांत मा.वि. को छेऊ मा हटिया लाग्ने गरेको छ । मठ मंदिरका रुपमा राम जानकी मन्दिर शिब मन्दिर दिह्बार बाबा मन्दिर अवस्थित छ । यस वडामा ब्राह्मण ,राजपुत, को बव्यास मुखिया साह खंग मण्डल आदी जाती को सोबास रहेको छ । यस वडामा मख्य तयाः मानिसहरु कृषिमा निर्भर छन |