ताजा सूचना
बिधालय ठाउँ सारी सिफारीस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन , रीत नपुगेको सर्जमिन को हक मा बढीमा ३ दिन |
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
तिलाठी कोइलाडी गाउँपालिका ले तोके बमोजिम
आवश्यक कागजातहरु:
- निवेदन,
- विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपी,
- स्थानिय तहमा दर्ता भएको नविकरण सहितको दर्ता प्रमाण पत्र,
- सरकारी एवं सामुदायिक विद्यालय बाहेक अन्यको हकमा चालु आ.व. सम्मको चुक्ता भएको मालपोत कर रसिद, घर जग्गा कर तिरेको रसिद ,
- बहालमा भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद ,
- स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपी,
- निरिक्षण प्रतिवेदन पत्र, सरी जाने निकाय वा वडा कार्यालयको अनुमती पत्र ।
- उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा गरिनेछ ।